Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – अभ्यास खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली वेलायत प्रस्थान गरेको छ । नेपाली टिम जेट एयरवेजमार्फत भारतको दिल्ली हुँदै वेलायत प्रस्थान गरेको हो ।

नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले वेलायतका विभिन्न क्लवसँग ४ वटा खेल खेल्ने छ ।

Nepali National cricket team

साउन ४ गते नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) बिच वेलायतको लड्स मैदानमा खेल हुनेछ ।लड्समा खेल्न पाउनुलाई नेपाली खेलाडीहरुले आफूलाई भाग्यमानी ठानेका छन् ।

यस्तो मौका बारम्बार नआउने भएकाले लड्समा नेपाली टोलीले सकेसम्म राम्रो प्रदर्शन गर्ने नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले बताएका छन् ।

तपाईको प्रतिक्रिया