Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

karki

काठमाडौं – सर्वोच्च अदालतकी प्रधानन्यनयाधिश सुशिला कार्की र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको आज सपथ ग्रहण हुदैछ ।
मध्याहन्न राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले कार्की र यादवलाई सपथ ग्रहण गराउनुहुने छ । व्यावस्थापिका ससदको संसदीय सुनुवाई विषेश समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त यादवको शुक्रबार र प्रस्तावित प्रधानन्यायधिश कार्कीको हिजो सुनुवाई गर्दै अनुमोदन गरेको थियो । आज सपथ ग्रहणपछी दुवैले आजैदेखि पदभार ग्रहण गर्ने जनाईएको छ ।
यसैबीच, संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा न्यायाधीशका लागि सिफारिस भएका ११ जनाको आजदेखि सुनुवाई प्रक्रिया सुरु गर्दैछ । केहीबेरअघि सुरु भएको समिति बैठकले ११ जनाविरुद्ध परेका उजुरीहरुको अध्ययन गर्दैछ । न्यायपरिषद्को गत फागुन १९ गते बसेको बैठकले पुनरावेदन अदालतबाट ७ जना र कानुन व्यवसायीबाट ४ जनाको नाम संसदीय सुनुवाईमा सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया