Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

बैतडी – बैतडीको पाटनमा दङ्गा प्रहरीलाई बसोबासको समस्या भएको छ ।
इलाका प्रहरी कार्यालय पाटनभित्र बस्ने ठाउँ नहुँदा दङ्गा प्रहरीका जवानलाई बसोबासको समस्या भएको हो । संविधानसभाको निर्वाचनको समयदेखि बैतडीको पाटनमा दङ्गा प्रहरी खटाइएको थियो । त्यसैबेलादेखि दङ्गा प्रहरीलाई बसोबासको समस्या रहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक कृष्ण साउँदले बताउनुभयो ।
अहिले महिला तथा बालबालिका कार्यालयको हलमा प्रहरीले बसोबास गरिरहेका छन् । उहाँले भन्नुभयो “हलमा विभिन्न कार्यालयका कार्यक्रम सञ्चालन हुने भएकाले त्यो बेला यताउता जानुपर्ने बाध्यता रहेको छ ।” शान्ति सुरक्षाका साथसाथै विपद् व्यवस्थापनका लागि राखिएको दङ्गा प्रहरीलाई बसोबासका लागि आफ्नै भवन नहुँदा असुरक्षित रुपमा बस्नु परिरहेको प्रहरी निरीक्षक साउँदले उल्लेख गर्नु भयो ।
अहिले ३५ जनाको टोली महिला तथा बालबालिका कार्यालयको हलमा बसिरहेको र कार्यक्रम सञ्चालन हुँदा बाहिर गएर बस्नुपर्ने अवस्था रहेको बताइएको छ । दङ्गा प्रहरीको बसोबासको विषयमा स्थानीय स्तरमा छलफल भएको भए पनि अहिलेसम्म व्यवस्था हुन सकेको छैन । दङ्गा प्रहरीलाई बसोबासका समस्या हुँदा उनीहरुले प्रदान गर्ने सेवा समेत प्रभावित भइरहेको छ ।

तपाईको प्रतिक्रिया