Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

Nijamati karmachari

काठमाडौं – अहिले सरकार परिवर्तनको हल्ला उत्कर्षमा रहेको छ ।
सरकारको दोस्रो प्रमुख घटक नेकपा माओवादी केन्द्रले कहिले सरकारमा बस्ने र कहिले छाड्ने भन्न थालेसँगै देशको स्थायी सरकारको रुपमा हेरिने कर्मचारी प्रशासन काम गर्न छाडेरर बसेका छन् ।
माओवादी केन्द्रले चटक्कै छोड्न पनि नसक्ने र छोड्छु पनि भनी रहने गर्दा सर्वसाधारणमा मजाकको विषय भएजस्तै कर्मचारीवृत्तमा पनि मन्त्रीहरुलाई नटेर्ने र हेप्ने प्रवृत्ति बढेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यालयमा कार्यालयभित्र छलफल गर्दा होस् या चियागफमा सरकार परिवर्तनको कुरा जोडतोडका साथ हुने गरेको छ । नेपाल निजामती कर्मचारी संगठनका महासचिव मोहन घिमिरेले सरकार परिवर्तनको हल्लो हरेक मन्त्रालय र विभागमा करिब दुई महिना यता कामै हुन नसकेको स्विकार गर्दछन् ।
पूर्वसचिव एवं पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलका अनुसार सरकार ढल्ने वा फेरिने हल्लाले कर्मचारीमा असर गर्ने उल्लेख गरे । उनले भने, ‘ सरकार परिवर्तन हुने हल्ला भएमा वा परिवर्तन हुन लागेका अब कसलाई खुसी बनाउने, कसरी सेटिङ मिलाउने भन्ने कुरामा लेखाजोखा गर्नमै कर्मचारीको समय बित्ने गरेको छ ।’

तपाईको प्रतिक्रिया