Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – सन् २०१५ जापानी सांसदहरुको औसत आयमा चार वर्ष पछि कै कमि आएको छ ।
जापानी सांसदहरुको औसत आयमा ६ दशमलव ५ प्रतिशतले गिरावट आएको आहार डाटाले देखाएको जापान टुडेले जनाएको छ । जापान टुडेका अनुसार जापानी सांसदहरुको आयमा सन् २०१५ मा २२ करोड ६९ लाख येनले कमि आएको हो । यो चार वर्ष यता कै कमी हो ।
जापानी सांसदमा सबैभन्दा बढि आम्दानी गर्ने मिक्की वातानावेका आम्दानीमा एक करोड येनले कमी आएको आहार डाटामा देखिएको छ । उनी जापानी सांसद सदस्य तथा इजाकाया पबका संस्थापक समेत हुन् । उनीसँगै जापानका ७ सय १४ सांसदहरुको समेत औसत आयमा कमि आएको छ ।
यो कमि जापानमा आएको सुनामी पछिको निरन्तरता हो । यस भन्दा अघिका वर्षमा समेत जापानका सांसदहरुको आम्दानीमा कमी आइरहेको छ । जापानका दुबै सदनका सदस्यहरुका आयमा देखिएको छ । जापानी सांसदहरुले पाउने तलबमा २०१४ को अप्रिलदेखि २० प्रतिशतले कमि गरिएको थियो भने २०१५ देखि जापानी सांसदहरुले पूरा तलब लिदै आएका थिए ।
सन् २०१५ मा सबैभन्दा बढी आय गर्ने सत्तारुढ उदारवादी लोकतान्त्रिक पार्टीले एक अरब २८ करोड आम्दानी गरेको थियो ।

तपाईको प्रतिक्रिया