Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ मङ्सिर/पुस महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ एमविएस प्रथम वर्ष २०७१ को परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।

त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम अनुसार परीक्षाको मर्यादा विपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क २५०१४६, २५२०३९, ३९१०६४, ३९३०१८, ५४००२७, ५५००४३, ३२०००१३ र ४५३००२० का परीक्षार्थीलाई २०७३ सालमा सञ्चालन हुने ९२०७२ को० परीक्षासम्म दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल वेभसाइट www.educationsansar.com, www.educationkhabar.com, www. edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ । Nepal Telecom को १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ भने 4BBS (Space) Roll Number टाइप गरी ४९४९ मा SMS पठाइ प्राप्ताङ्क प्राप्त गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया