Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

कञ्चनपुर – महाकाली नदीमा शुक्रबार बिहानदेखि बढेको पानीको बहाव विस्तारै घट्दै गएको छ । बिहीबार रातिदेखि परेको पानीका कारण महाकाली नदीमा पानीको बहाव २ लाख ७८ हजार क्युसेक पुगेको थियो ।

पछिल्लो मापन अनुसार महाकाली नदीमा पानीको बहाव घटेर २ लाख ५० हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता केदार खनालले जानकारी दिनुभयो ।

महाकाली नदीमा आएको बाढीका कारण दोधरा चाँदनी नगरपालिका–१० कुतिकबरमा तीन घर डुबानमा परको प्रहरीले जनाएको छ । महाकाली नदीमा पानीको बहाव बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका तथा दोधरा चाँदनीका महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

नदीमा पानीको बहाव बढेका कारण भारतीय पक्षले पुलमा चार पाङग्रे सवारी साधनका आवतजावत बन्द गरेको छ । महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक पुग्ने बित्तिकै पुलमा चार पाङग्रे गाडी आवतजावत बन्द गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया