टोकियो – अभिनेत्री गौरी मल्लले आफूमाथि दुव्यवहार भएको भन्दै टोकियोस्थित नेपाली राजदूतावासमा उजुरी दिनुभएको छ । जापानमा बस्ने एक नेपालीले आफूलाई दुर्व्यवहार गरेको भन्दै अभिनेत्री मल्लले जेठ १८ गते उजुरी दर्ता गराउनुभएको हो ।
ललितपुरको भैंसेपाटीमा घर भएका जापानको साइतामा केनमा बस्ने शाक्य थरका एक नेपालीले उहाँमाथि दुर्ब्यवहार गरेको दर्ता गरिएको उजुरीमा भनिएको छ ।
गौरीले दूतावासमा दर्ता गराएको उजुरीमा ललितपुरको भैंसेपाटी घर भई जापानको साइतामा केनमा बस्ने शाक्य थरका एक नेपालीले उहाँमाथि दुर्व्यवहार गरेको बताइएको छ ।
अभिनेत्री गौरीलाई ती व्यक्तिले ताकेता गरेर जापान बोलाएको उजुरीमा उल्लेख छ । उनैको प्रस्तावमा विश्वास गरेर गौरी गत मार्चमा जापान आउनुभएको थियो । मल्ल अहिले नेपाल फर्किसक्नुभएको छ । ***