काठमाडौँ – चिलीले कोपा अमेरिकाको उपाधी जितेको छ ।
अमेरिकामा आज सम्पन्न प्रतियोगिताको फाईनल खेलमा अर्जेन्टिनालाई टाई ब्रेकरमा ४–२ अन्तरले हराँउदै चिलीले लगातार दोस्रो पटक उपाधि चुमेको हो । प्रतियोगिताको अघिल्लो संस्करणको फाईनलमा पनि अर्जेन्टिनालाई टाई ब्रेकरमा पराजित गर्दै चिलीले उपाधि जितेको थियो ।
फाइनल खेलमा अर्जेन्टिनाका सर्वाधिक आशा गरिएका खेलाडी लियोनल मेस्सी र लुकास बिग्लीयाले पेनाल्टीमार्फत गोल गर्न चुके । यसअघि खेलको पहिलो हाफमै अर्जेन्टिनाका मार्कस रोहो र चिलीका मार्सेलो डियाजले रातो कार्ड खाएपछि दुवै टोली १० जनामा समेटिएका थिए ।
जितसँगै चिलीले इतिहासमा लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।