Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – भूकम्पपीडितको राहत तथा पुर्नस्थापनाको विषयमा सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आजको संसद बैठक पनि अवरोध गरेको छ ।

सभामुख ओनसरी घर्तिमगरले सदनको कारबाही सुरु गर्नासाथ प्रतिपक्षी दलका सांसदहरु उभिएर अवरोध गरेका थिए । त्यसलगत्तै सभामुखले काँग्रेस नेता अर्जुननरसिंह केसीलाई बोल्न समय दिनुभयो । सदनमा बोल्दै केसीले पीडितको विषयमा जुन विषय सदनमा आफूहरुले उठाएको छ त्यो गम्भीर विषयमा सरकारले ध्यान दिन नसकेको बताउनुभयो ।

तीन दिन संसद अवरोध हुँदा पनि यो विषय सम्बोधन गर्ने विषयमा सरकार गम्भीर नभएर लोकतान्त्रिक पद्धति र अभ्यासको उपहास गरेको उँहाको आरोप थियो । भूकम्पपीडितलाई १४ महिनासम्म पनि अनुदान नदिएर सरकारले पीडितको वेदनामा नुन छर्ने काम गरेको केसीले बताउनुभयो । एक मुष्ट २ लाख अनुदान दिने कार्य नगरेसम्म संसद चल्न नसक्ने काँग्रेसको भनाइ छ ।

केसीले राष्ट्रको ढुकुटी र दातृनिकायले दिएको अनुदान माथि एनजिओलाई दिएर निजिकरण गरी यसले पीडितको मात्र होइन संस्कार र संस्कृतिमाथि नै उपहास गरेको आरोप समेत लगाउनुभयो ।

तपाईको प्रतिक्रिया