टोकियो – पश्चिम म्याग्दीको दरबाङ्ग म्याग्दीखोलामा सञ्चालन हुन लागिरहेको दरवाङ्ग म्याग्दीखोला जलबिद्युत परियोजना अन्र्तगत दरबाङ्ग म्याग्दीखोला जलउपयोग सरोकार समितिले आयोजनाको बारेमा मोना आइसीका प्रतिनिघि सँग छलफल गरेको छ ।
उक्त छलफल आर्थिक सङ्कलन र आयोजनामा म्याग्दी प्रवासी नेपाली सङ्घको भूमिकाको बारेमा केन्द्रित थियो । आयोजनाको तर्फ बाट आफ्नो धारण राख्दै सरोकार समितिका अध्यक्ष चित्र बहादुर पुनले प्रभावित गाविसका बासिन्दाहरुले आफ्नो हक हित प्राप्त गरिसकेकाले जिल्लाकै गौरवको आयोजना भएको हुँदा जसरी भए पनि यस आयोजनालाई सञ्चालनमा ल्याउनु पर्ने बताउनुभयो ।
करिब चार अर्ब पचास करोड लगानीमा तयार हुने दरबाङ्ग म्याग्दीखोला जलविद्युत आयोजना को आर्थिक सङ्कलनमा म्याग्दी प्रवासी नेपाली सङ्घको भूमिका के हुन सक्छ त भन्ने प्रश्नको जवाफमा आयोजना सरोकार समितिका अभियन्ता शेर बहादुर दुढाथोकीले पब्लिक शेयरको करिब तिस प्रतिशत वा आवश्यक भए सो भन्दा माथि प्रवासी म्याग्देलीहरुको तर्फबाट शेयर रकम आसा गरेको बताउदै आर्थिक सङ्कलनमा मोना ले प्रभावकारी भूमिका खेली आशातित शेयर रकम लगानी भए आयोजना सञ्चालनमा सक्रिय भूमिका दिन सकिने बताउनु भयो ।
म्याग्ली प्रवासी नेपाली सङ्घका प्रतिनिधिहरू आइसी कोषाध्यक्ष चक्र बहादुर थापाले विद्यमान समयमा सामूहिक लगानीबाट मात्र विकासको खुडकिलो पार गर्न सकिने हुँदा सबै एक जुट भई जिल्लाको सम्मुनत विकास मा अघि बढनु पर्ने कुरामा जोड दिनुभयो यसै गरी सहकोषाध्यक्ष ओम नारायण जुग्जाली र क्षेत्रीय उपाध्यक्ष मोहन थापा ले सरोकार समितिको प्रस्ताव सरानिय र स्वागत योग्य भएको भन्दै सञ्चालक कम्पनीलाई पनि उचित तरहले समेटि जिल्लाको आर्थिक विकासमा हातेमालो गर्दै अगाडि बढनु को विकल्प नरहेकोले बताउदै सम्पूर्ण प्रवासी म्याग्देलीहरुको प्रतिनिधित्व मोनाले गर्ने हुँदा कम्पनीको आवश्यक विवरण हेरी अन्तर्राष्ट्रिय रूपमा नै छलफल गरी निर्णय गर्ने बताउनु भयो ।
छलफलमा अमृत गौचन, जित बहादुर , ओम जुग्जाली, चित्र बहादुर पुन, चक्र बहादुर थापा, शेर बहादुर बुढाथोकी, मोहन थापा, खिम बहादुर पुर्जा, तेजेन्द्र शेरचन, लगाएत अनलाइनमा मोना आइसीका अध्यक्ष योगेन्द्र क्षेत्रीको उपस्थिति रहेको थियो । यस अघि गत जेष्ठमा पश्चिम म्याग्दीको दरबाङ्गमा सम्पन बृहत् सुचनामुलक छलफल कार्यकम्रमा म्याग्दी प्रवासी नेपाली सङ्घ आइसीका अध्यक्ष योगेन्द्र क्षेत्रीले म्याग्दीको सर्बाङ्गीण विकासमा मोनाले जस्तो सुकै सहयोग गर्न तप्पर रहको बताउदै आयोजनाले प्रभावित गाविसका बासिन्दालाई आवश्यक सहयोग उपलब्ध गराइ सम्पूर्ण जिल्लाबासी तथा प्रवासी म्याग्देलीहरुलाई लगानी गर्ने वातावरण बनाउनु पर्ने बताउनु भएको थियो ।
उक्त छलफल कार्यक्रममा बोल्दै मोना आइसीका सह कोषाध्यक्ष ओम जुग्जालीले आयोजनामा लगानी सुरक्षित हुने ग्यारेन्टि भएमात्र प्रवासीहरुले ढुक्क भएर लगानी गर्न सक्ने बताउनु भएको थियो । सम्पन्न कार्यक्रममा आयोजक संस्थासंगको छलफल पश्चात् मोनाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यसमितिका सदस्यहरुसंग संस्थागत तथा व्यक्तिगत रूपमा आन्तरिक छलफल गरी इन्भेष्टमेन्ट कम्पनीको अवधारण अगाडि बढाईरहेको छ ।