टोकियो–मुखमा क्यान्सर भएपछि पाँच महिना अगाडि जापान आएका श्रीकेदार गाविस–७, वैतडीका खेमराज भट्टले सहयोगको लागि जापानवासी नेपालीहरुमा आग्रह गरेका छन् ।
मुखमा समस्या देखा परेपछि अस्पताल गएका भट्टको क्यान्सर भएको अस्पतालले बताएपछि केही समय अगाडि अपरेशन गरिएको थियो । अपरेशन सकिएपछि अस्पतालबाट डिस्चार्ज भएका भट्टको पुनः समस्या देखिएपछि अर्को अपरेशन गर्नु पर्ने अस्पतालले बताएको छ ।
आर्थिक अवस्था कमजोर भएकोले दोस्रो अप्रेशनको लागि आफूसँग रकम नभएको भन्दै उनले जापानबासी नेपालीहरुसँग सहयोगको लागि आग्रह गरेका हुन् ।
खेमराजलाई सहयोग गर्न चाहने सहयोगीहरुले उनको हुलाक बैंकको खाता नम्बर १०१५०(९८९१४७०१ मा सहयोग गर्न तथा उनलाई भेटन ०८०९३७४३४८४ अथवा ०८०६६१५३४४४ मा सम्पर्क गर्न सक्नु हुनेछ ।***
तपाईको प्रतिक्रिया