Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकीयो – नेपाली विद्यार्थी समाज जापान (नेसाज) ले सिम्पोजियम २०१६ सम्पन्न गरेको छ ।

आयोजक कमिटिका संयोजक डा. वेद प्रसाद काफ्लेको स्वागत मन्तव्य सँगै कार्यक्रम सुरुवात गरिएको सिम्पोजियममा जापानका लागि कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी प्रमुख अतिथि रहनुभएको थियो भने गैर आवसीय नेपाली सङ्घ जापानका अध्यक्ष सुदन थापा विशेष अतिथि हुनहन्थ्यो ।

अतिथि झविन्द्र प्रसाद घिमिरेको धन्यवाद ज्ञापन सँगै कार्यक्रमको तिन सेक्सन मध्यको पहिलोसेक्सन सुरु गरिएको हो । गोरखा भूकम्पका विषयमा केन्द्रित पहिलो सेक्सनको अध्यक्षता क्युसु विश्वविद्यालयका प्राध्यापक इ. डा. रमेश प्रसाद पोखरेलले गर्नु भएको थियो ।

यहिमि विश्वविद्यालयका साहयक प्रध्यापक इ. डा.नेत्र प्रकाश भण्डारी, डा. लता शाक्य, मुकुन्द भट्टराई र ऋषिराम पराजुली पहिलो सेक्सनका प्रस्तोताको भूमिकामा हुनहुन्थ्यो । त्यस्तै टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ता इ. डा.कृष्ण भेटुवालले गोरखा भूकम्प, भवन र निर्माण सामग्री बारेको दोस्रो सेक्सनको अध्यक्षता ग्रहण गर्नु भएको थियो । डा. विजय ज्ञावली, रिता थापा, सञ्जिमा बज्राचार्य र प्रवीज जोशीले सेक्सन प्रस्तुत गर्नु भएको थियो ।

सिम्पोजियमको तेस्रो सेक्सन चाहिँ शिक्षा, पानी, ऊर्जा र पौष्टिक आहारका बारेमा थियो । जसको अध्यक्षता नेश्नल इन्टिच्युट अफ टेक्नोलोजीका सहायक प्रध्यापक डा. अच्युत सापकोटाले गर्नु भएको हो । तेस्रो अर्थात् अन्तिम सेक्सनका डा. विनय कुमार मिश्र, रञ्जन केसी, जिवकराज बज्राचार्य, र राजिब लोचन पौडेल प्रस्तुतकर्ता हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया