Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – सिन्धुपाल्चोकको गिरान्चौरमा निर्माण हुन लागेको धुर्मुस सुन्तली एकीकृत नमुना बस्ती निर्माणका लागि जापानबाट संकलित रु ८ लाख नेपाल पठाईएको छ ।

आज जापान मनि एक्सप्रेस जेएमइबाट सो रकम धुर्मुस सुन्तली फाउण्डेशनको खातामा पठाएको धुर्मुस सुन्तली फाउण्डेशन गिरान्चौर एकीकृत बस्ती निर्माणको सहयोगार्थ आर्थिक संकलन अभियान जापानका संयोजक शिव तण्डुकारले जानकारी दिनुभयो ।

उक्त रकम एनआरएन आईसीसी सदस्य ओम गुरुङ, पत्रकारहरु आनन्द कोईराला, शान्त पहरी र जेएमईका राजन श्रेष्ठको रोहबरमा सो रकम पठाईएको हो । अभियानका उपसंयोजक हरिचन्द्र लामाले एउटा सामाजिक सहयोगको भावनाले सञ्चालन गरिएको उक्त अभियानमा  छोटो समयमै जापानवासी नेपालीको राम्रो सहयोग प्राप्त भएको भन्दै सहयोगी सबैलाई  धन्यनवाद दिनुभयो ।

2

गत वर्ष महाभूकम्प गएको केही महिना मै काभ्रेको डाँडागाउ पहरी बस्तीमा धुर्मुस सुन्तली फाउण्डेशनले २० परिवारलाई नमुना बस्ती बनाउन सफल भएका थिए । ‘राष्ट्र पुनर्निर्माणमा जुटौ’ भन्ने अभियानका साथ यतिबेला धुर्मुस सुन्तली फाउण्डेशनले गिरान्चौर एकीकृत बस्ती निर्माण गरिरहेको छ ।

काम गरेर विश्वास जितेको सो फाउन्डेशनलाई देशविदेशबाट सहयोगहरू पनि आउने क्रम जारी छ । झन्डै साढे चार करोड लागत लाग्ने ६५ वटा भूकम्प प्रतिरोधात्मक घर निर्माण गरेर दिने महत्वाकांक्षी योजना धुर्मुस सुन्तलीले सुरु गरिसकेका छन् । ***

तपाईको प्रतिक्रिया