टोकियो–टोकियोको कोमागोमे, इकेवुकुरो, ओचुका लगायतका स्थानहरुमा रेष्टुरेन्ट व्यवसाय गर्दै आइरहेको शान्ति कम्पनीले आफ्नो सम्पूर्ण रेष्टुरेन्टहरु एक्कासी बन्द गराएपछि एक दर्जन बढी कर्मचारीहरु मर्कामा परेका छन् ।
कर्मचारीहरुले २०१५ को मार्चदेखि नै तलब नपाएको बुझिएको छ । संचालन पक्षले एक्कासी रेष्टुरेन्ट बन्द गरेर आफूहरु मर्कामा परेको कुरा सूचनामा लेखेर रेष्टुरेन्टको सटरमै टाँसेका छन् । त्यसो त उक्त रेष्टुरेन्टले ६ हजार २ सय मान तलब र ओभरटाइम तलब समेत तिर्न बाँकी भएको सूचनामा लेखिएको छ । सूचना उक्त कम्पनीमा काम गर्ने कर्मचारीहरुले संयुक्त रुपमा लेखेको देखिन्छ भने त्यसमा हामीलाई सहयोग गर्नुहोस् भनिएको छ । कम्पनीले आज सूचना जारी गरी यही २० तारिकदेखि कामबाट १५ जना कर्मचारीलाई अबकाश दिइएको जानकारी दिएको समाचार छ । अवकास पाउनेहरुमा कति जना नेपाली कर्मचारीहरु परेका छन् त्यो भने अझै थाहा भइसकेको छैन ।
तपाईको प्रतिक्रिया