टोकियो–नेपाली रेष्टुरेन्टमा खाना खान आएकी एक युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा जापान प्रहरीले एक नेपालीलाई पक्राउ गरेको छ ।
टिविएस टेलिभिजनका अनुसार पक्राउ पर्नेमा टोकियो कोतो कुस्थित नेपाली रेष्टुरेन्टमा कार्यरत ४६ वर्षीय हरिकृष्ण पोखरेल भएको जनाइएको छ ।
पोखरेलले रेष्टुरेन्टमा आएकी २० वर्ष उमेर समूहकी युवतीलाई यौन दुर्व्यवहार गरी घाइते समेत बनाएको समाचारमा उल्लेख छ ।
उनले रेष्टुरेन्टमा खाना खान आएका अरु सबै ग्राहकहरु फर्किसकेपछि युवती एक्लै भएको मौका पारी उक्त क्रियाकलाप गरेको बताइएको छ ।
तर उनले भने युवतीलाई अँगालो मात्रै हालेको भन्दै अन्य अाराेप अस्वीकार गरेको समाचारमा जनाइएको छ । सो समयमा रेष्टुरेन्टमा अरु कर्मचारीहरु पनि भएको बुझिएको र सो सम्बन्धि थप अनुसन्धान गरिरहेको प्रहरीलाई उधृत गर्दै जापानका सञ्चार माध्यमहरुले बताएका छन् । ***
भिडियो हेर्नुहोस् ।
भिडियोः जेएनएन