पौडेलको मुक्तक संग्रह ’बाडुल्कि र यादहरु’ विमोचन गरिने
टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको जापान च्याप्टरले हरेक तीन तीन महिनामा आयोजना गर्दै आएको नियमित साहित्यिक कार्यक्रमको आगामी शृङ्खला आउँदो जुलाई १० तारिख आइतवार टोकियोमा गर्ने भएको छ ।
अबको हुने ३७ औं साहित्यिक शृङ्खलामा सँधैझैं साहित्य गोष्ठिका साथै जापानमै रहेका युवा साहित्यकार अरुण पौडेलको मुक्तक संग्रह ’बाडुल्कि र यादहरु’ बिमोचन गरिने भएको छ । अनेसास जापानका सचिव समेत रहेका पौडेलको पहिलो कृति उक्त मुक्तकसंग्रहमा १ सय ८० वटा मुक्तक संग्रहित छन् । ९० पेज रहेको उक्त मुक्तक संग्रहको प्रकाशक अनेसास जापान रहेको छ । यो अनेसास जापानको तेस्रो प्रकाशन हो ।
उक्त दिनको अपरान्ह २ बजेदेखि शिनओकुबोस्थित सोलमारी रेष्टुरेन्टको सभाकक्षमा हुने सो साहित्यिक शृङ्खलामा उपस्थित भईदिन अनेसास जापानले समस्त जापानबासी साहित्यनुरागीहरुमा अपिल गरेको छ । ***