Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि पत्राचार गरेपछि सङ्घीय गठबन्धनमा विवाद उत्पन्न भएको छ । मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दल वार्ताको पक्षमा रहेका छन् ।

संघीय समाजवादी फोरमले भने गठबन्धनलाई सम्बोधन नगरेसम्म वार्तामा नबस्ने बताउँदै आएको छ । मधेसी मोर्चामा आबद्ध तमलोपा, सद्भावना पार्टी, संघीय सद्भावना, तमसपा, रामसपा वार्तामा बस्ने पक्षमा छन् । ती दलका नेताहरूले गम्भीर र संवेदनशील भएर सरकारले पत्र पठाएकाले टुटेको वार्ता जोड्नुपर्ने बताएका छन् । तमलोपाका महमन्त्री जितेन्द्र सोनलले सरकारको पछिल्लो पत्रलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो । मोर्चाको बैठक बसेर सरकारलाई औपचारिक धारणा पठाउने सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले जानकारी दिनुभयो ।

सरकार गम्भीर देखिएकाले टुटेको संवादलाई निरन्तरता दिन आवश्यक रहेको उँहाको भनाइ छ । मोर्चाका सात दलसहित संघीय गठबन्धनमा २९ दल छन् । ६ दलबाहेकका दलका नेताले मोर्चालाई मात्र सरकारले पत्राचार गरेकाले वार्तामा नजाने बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले संघीय गठबन्धनलाई वार्तामा नबोलाएकाले सरकारको नियत सफा नदेखिएको जनाउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया