Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – करिब १६ वर्ष पहिले व्यावसायिक रूपमा हिट भएको फिल्म ‘दर्पण छायाँ’ अब नयाँ कथा अनि परिवेशमा बन्ने भएको छ । सोमबार एक कार्यक्रमका बिच निर्देशक तुलसी घिमिरेले ‘दर्पण छायाँ २’ फिल्मको घोषणा गर्नुभएको हो ।

फिल्म घोषणा कार्यक्रममा बोल्दै निर्देशक घिमिरेले फिल्मलाई ‘दर्पण छायाँ’ को सिक्वेलको रूपमा भने नलिन आग्रह गर्दै त्यो बेलाको कथा र प्रस्तुति समय सापेक्ष थियो तर अहिले समय बदलिएको भन्दै नाम सापटी लिईए पनि सिक्वेल भन्न नमिल्ने बताउनुभयो । कार्यक्रमको सुरुवातमा शंख फुकेर स्वस्ती वाचन गरिएको थियो । फिल्मको १० प्रतिशत छायाँकन अमेरिकामा भईसकेको पनि बताइएको छ । 2

एक हप्ता भित्रै फ्लोरमा जाने यस फिल्ममा पुराना अनुहार भने कोही दोहोरिएका छैनन् । डा. लोपसाङ लामाको प्रस्तुति तथा सबु गडाल कार्की र रवि कार्कीको निर्माणमा बन्ने फिल्ममा पुष्प खड्का, साहारा कार्की र श्रद्धा प्रसाईले फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने छन् । 3

कार्यक्रममा चलचित्रका मुख्य कलाकारले ‘दर्पणछायाँ’ मा समावेश ‘लहनाले जुरायो कि’ को साथमा ‘दर्पणछायाँ २’ मा समावेश ‘दर्पणमा छायाँ कति राम्रो ?’ बोलको गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । जुलाईको दोस्रो हप्तासम्म छायाँकन सकाएर यो वर्ष नै रिलिज गर्ने योजना स्वरूप काम अघि बढ्ने निर्माण पक्षले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया