Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – जापानमा बेलाबेलामा बिभिन्न स्थानमा प्रहरी तथा अध्यागमनको अधिकारीहरुले बिदेशीहरुलाई सोधपुछ गर्ने गरेको सुनिने गरेको छ । तर सोही क्रममा भाग्दा ज्यानै गएको खबर भने बिरलै पाईन्छ । यहि जुन ५ तारिखका दिन इसिकावा केनको कोमाचु सिटीमा यस्तै घटना घटेको छ ।

स्थानिय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान ९ बजेतिर इसिकावा केन कोमाचु सिटीको इमाए माचिमा संगै हिंडिरहेका ५ जना बिदेशीको समुहलाई प्रहरीले उनिहरुको बसाई तथा कामको बारेमा सोधपुछ गर्न खोज्दा उनीहरु मध्येका १जना भागेर नजिकैको खोलामा हामफालेका थिए ।

उनलाई खोलाबाट उद्वार गरी नजिकैको अस्पताल पुर्‍याईएको भए पनि उनको मृत्यु भयो । मृतकको साथमा रहेको परिचय पत्रको आधारमा उनी भियतनामी नागरिक भएको थाहा लागेको छ । उनको भिसा अवधी पनि बाँकी रहेको प्रहरीले जनाएको छ । उनीसंगै रहेका बाँकी ४ जना पनि भियतनामी नागरिक थिए । जसमध्ये २५ बर्षउमेरको एक जनाको भने त्यसको अघिल्लो दिन मात्र भिसा सकिएको जाँचबुझको क्रममा पत्ता लागेको छ । भिसा सकिएपछि पनि अबैधानिक रुपमा ओभरस्टे गरेको आरोपमा उनलाई प्रहरीले गिर तार गरेको छ ।***

तपाईको प्रतिक्रिया