Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

Japan-Visaटोकियो – गत बर्ष अर्थात सन् २०१५ मा जापान प्रबेश गर्नका लागि अहिलेसम्मकै सबैभन्दा बढि चिनिया नागरिकहरुले भिसा पाएका छन् ।  जापानी परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै जापान टुडेले जनाएअनुसार सन् २०१५ मा अघिल्लो बर्षको तुलनामा ८५ प्रतिशत बढि संख्यामा चिनिया नागरिकलाई भिसा प्रदान गरिएको हो ।

उक्त संख्या ३७ लाख ८० हजार जना रहेको समाचारमा जनाईएको छ । गत बर्ष भिसा जारी गरिएका बिदेशीहरुमा करिब ८० प्रतिशत हिस्सा चिनियाहरुले ओगटेको छ । अघिल्लो बर्षको तुलनामा ६६ प्रतिशत बढि बिदेशीहरुले सन् २०१५ मा जापानको भिसा पाएका छन । उक्त संख्या ४७ लाख ७० हजार जना रहेको छ । जापान भ्रमणको लागि भिसा लिने संख्यामा फिलिपिनीहरु दोश्रो र इण्डोनेशियालीहरु तेश्रो स्थानमा छन् । उक्त संख्या क्रमशः २ लाख २५ हजार ६७६ र १ लाख ६२ हजार २७३ जना रहेको छ ।

अर्कोतर्फ सन् २०१५ मा जापानबाट बाहिरिने जापानी नागरिकहरुको संख्या भने अक्टोबर १ तारिख सम्ममा १३ लाख २० हजार जना रही अघिल्लो बर्षको तुलनामा २.१ प्रतिशतले बृद्धि भएको सो मन्त्रालयले जनाएको छ । सो तथ्याङ्क कम्तिमा पनि ३ महिना भन्दा बढि बिदेश बस्नेहरुको हो । बिदेशमा बस्ने जापानीहरुको ३७ प्रतिशत अर्थात ४ लाख ८५ हजार ८६४ जना अमेरिकामा छन भने २९ प्रतिशत अर्थात ३ लाख ८५ हजार ५०७ जना एशियाली मुलुकहरुमा छन ।

त्यसैगरी १६ प्रतिशत अर्थात २ लाख ११ हजार ४४५ जना युरोपेली मुलुकहरुमा रहेको तथ्याङ्कमा उल्लेख छ । चीनमा बसोबास गर्ने जापानीहरुको संख्यामा भने २ प्रतिशतले कमी आई १ लाख ३१ हजार १६१ जना रहेका छन् । सो संख्या ३ बर्षम्म लगातार घटेको छ । चिनिया अर्थतन्त्रमा आएको गिरावट तथा बातावरणीय प्रदुषणका कारण यस्तो भएको बताईएको छ । ***

तपाईको प्रतिक्रिया