Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – सरकारी सुविधामा लाखौँ रकम खर्चेर अध्ययनका लागि विदेश गएका निजामती कर्मचारी अध्ययन सकेपछि उत्तै बेपत्ता हुने क्रम बढ्दै गएको छ । सरकारी ऐन नियमको ठाडो उल्लंघन गरी विदेश गएका पाँच सयभन्दा बढी कर्मचारी उतै बेपत्ता भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

त्यसरी बेपत्ता हुने कर्मचारीको खोजी उनीहरूलाई कारबाही गर्न सरकार असफल भएको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार लामो समयदेखि विभिन्न देशमा अध्ययन गर्न गई उतै बेपत्ता भएका सरकारी कर्मचारकिो संख्या पाँच सयभन्दा बढी छ । विदेश अध्ययन गर्न गएर बेपत्ता भएका कर्मचारीलाई सरकारले निजामती सेवा ऐनको ४० (घ) अनुसार कारबाही गर्न सक्ने प्रावधान छ ।

यद्यपवी सरकारी निकायसँग त्यस्ता कर्मचारीको कुनै रेकर्ड भने छैन् । यस विषयमा कर्मचारीको रेडर्क राखी कारबाही गर्ने जिम्मेवारी पाएको सामान्य प्रशासन मन्त्रालय आफैँ बेखवर रहेको छ ।

तपाईको प्रतिक्रिया