Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – दशरथ रङ्गशालामा मध्याह्न सुरु हुने नयाँ शक्ति नेपालको उद्घाटन अघि राजधानीका चार स्थानबाट पदयात्रा सुरु भएको छ । कालीमाटी, रत्नपार्क, बबरमहल र कुपण्डोलबाट सुरु भएको पदयात्रा दशरथ रङ्गशालामा प्रवेश गरी सभामा परिणत हुनेछ ।

पदयात्राले सवारी साधनलाई अवरोध नगर्ने गरी व्यवस्था मिलाइएको नयाँ शक्ति निकटको नेपाल प्रेस सोसाइटीका केन्द्रीय संयोजक रुद्र भट्टले जानकारी दिनुभयो । पदयात्रामा सहभागीले ढाडमा ‘तपाईँलाई असुविधा भएकामा क्षमाप्रार्थी छौँ’ भन्ने सन्देश राखेर प्रदर्शन गरेका छन् । केन्द्रीय सचिवालय सदस्य क्रमशः कालीमाटीमा वामदेव क्षेत्री, रत्नपार्कमा पासाङ शेर्पा, बबरमहलमा महेन्द्र पासवान र कुपण्डोलमा हिसिला यमीले पदयात्राको नेतृत्व गरिरहनुभएको छ । पदयात्राका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ नहोस् भनी पैदलमार्गको बाटाबाट हिँडिएको पार्टी प्रवक्ता खिमलाल देवकोटाले बताउनुभयो ।

उदघाटन समारोह फरक शैलीमा सञ्चालन गरिनेछ, खस आर्यका तर्फबाट नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले सभापतित्व, मधेसबाट रामचन्द्र झाले स्वागत, कार्यक्रमको सञ्चालन महिलाका तर्फबाट नायिका करिश्मा मानन्धर र जनजातिका तर्फबाट पासाङ शेर्पाले संयुक्त रूपमा गर्नुहुने बताइएको छ । उदघाटनपछि सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा छलफल सत्र गरिने र त्यसले पार्टीको नीति तथा कार्यक्रम र थप पदाधिकारीको टुङ्गो लगाउने प्रवक्ता देवकोटाले बताउनुभयो । पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ उपसमिति गठन गरिएको छ । घोषणा समारोहमा ७५ जिल्लाका प्रतिनिधिले सहभागिता जनाउने र विदेशबाट समेत प्रतिनिधि आउने बताइएको छ ।

घोषणासभामा नेपालस्थित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको पार्टीले जनाएको छ । शुभकामना दिन भारतीय नेता केसी त्यागी, डिपी त्रिपाठी, वामपन्थी पत्रकार आनन्दस्वरुप बर्मा लगायत काठमाडौँ आइपुगेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया