Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेदेखि कालीखोलासम्मको भागमा ठाउँ ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो । उक्त सडक विस्तार गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार ठुला पहिरो हटाएर एकतर्फी सवारी आवागमन सुरु भएको छ । ठाउँ–ठाउँमा पहिरो झरिरहेकाले कुनै पनि समयमा सडक अवरुद्ध हुन सक्ने खतरा भने रहिरहेको उहाँले बताउनुभयो । बिहान ४ः३० बजेदेखि पहिराका कारण सडक अवरुद्ध बनेको थियो ।

जलवीरेदेखि कालीखोलासम्मको पाँच किमी भागमा सात ठाउँमा पहिरो खसेको थियो ।

तपाईको प्रतिक्रिया