Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेदेखि कालीखोलासम्मको भागमा ठाउँठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध बनेको छ ।

सडक विस्तार गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार बिहान ४ः३० बजेबाट पहिरोका कारण सडक अवरुद्ध बनेको हो । जलवीरेदेखि कालीखोलासम्मको पाँच किलोमिटर भागमा सात ठाउँमा पहिरो खसेको छ । पहिरो पन्छाउने काम बिहानबाट सुरु भएको बताउँदै उहाँले पहिरो धेरै खसेकाले कम्तीमा दुई घण्टा सडक सञ्चालन गर्न समय लाग्ने बताउनुभयो ।

जलवीरे नारायणगढबाट मुग्लिनतर्फ ३२ किमी दूरीमा पर्दछ । उक्त क्षेत्रमा सडक विस्तारका क्रममा भित्तो काट्ने काम भइरहेको छ । काटिएको भित्तो वर्षात्का कारण झर्ने भएकाले पटक पटक पहिरो खस्ने गरेको छ । पहिरोका कारण सडकको दुवैतर्फ गाडीको लाम लागेको छ ।

तपाईको प्रतिक्रिया