Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – संघीय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाले नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले संघीय जनमुक्ति पार्टी नयाँ शक्ति नेपालमा एकीकरण भयो भनेर झुटो प्रचार गरेको बताउनुभएको छ ।

‘काठमाडौँमा पार्टीको दुई दिनदेखि महाधिवेशन चलिरहेको छ, बाबुरामले एकीकरण भएको भनेर गलत प्रचार गरेका हुन्’ अध्यक्ष थापाले भन्नुभयो । भट्टराईले शनिबार साँझ पत्रकार सम्मेलन गरी संघीय जनमुक्ति पार्टी नयाँ शक्तिसँग एकीकरण भएको जानकारी गराएका थिए । पार्टी उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख टोप अस्लामी मगरका अनुसार भट्टराईको नयाँ शक्तिमा भर्खरै संघीय जनमुक्ति पार्टीमा आएका पर्शुराम तामाङ मात्रै गएका हुन् ।

अहिले बाहिर आएका समाचारमा सत्यता नभएको र धेरै मिडियाहरुले एकपक्षीय र गलत समाचार सम्प्रेषण गरेको उँहाको भनाइ छ । ‘जति पनि पार्टी एकता भयो भनेर समाचार आएका छन् त्यसमा सत्यता छैन’ मगरले भन्नुभयो । पार्टी एकता नभएको भन्दै उनले तत्काल एकता हुने कुनै सम्भावना समेत नरहेको बताए । संघीय जनमुक्ति पार्टीको महाधिवेशन काठमाडौँमा जारी छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया