Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – बिजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारबाट बाहिरिने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै कार्यबाट असफल भएको भन्दै फोरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न सुरु गरेको जनाएको छ । ‘हामी जुन उद्धेश्यले सरकारमा सहभागी भएका थियौँ, त्यसअनुसार काम भइएन,’ फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवले भन्नुभयो, ‘अब सरकारमा बस्नुको औंचित्य छैन।’

ओली सरकारमा सहभागी हुनुअघि भएको समझदारी कार्यान्वयनमा प्रधानमन्त्रीले चासो नदेखाएको फोरम लोकतान्त्रिकको गुनासो रहेको आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया