Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को १०औँ शैक्षिक मेलाको दोस्रो दिन शनिबार करिब ५२ हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ ।

आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रकाश पाण्डेले स्थानीय भृकुटीमण्डपमा शुक्रबारदेखि जारी मेलामा विद्यार्थी, अभिभावक, विभिन्न राजनीतिक दलका नेता, राष्ट्रिय खेलाडी, प्राध्यापक, समाजसेवी र पत्रकारको उल्लेख्य सहभागिता रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिको समेत प्रत्यक्ष संलग्नता रहेको मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताका २ सय ५ शैक्षिक परामर्श कक्ष रहेका छन् ।

इक्यानका पूर्व अध्यक्ष राजेन्द्र बरालले उच्च शिक्षा अध्ययनका लागि प्रत्येक वर्ष करिब ३० हजार विद्यार्थी विदेश जाने गरेको बताउनुभयो । नेपालबाट विशेष गरी भारत, अस्ट्रेलिया, अमेरिका, बङ्गलादेश, न्युजिल्यान्ड, बेलायत र युरोपका विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि जाने गर्छन् । यही जेठ ३१ गतेसम्म चल्ने यो मेला अवधिमा करिब एक लाख ५० हजार दर्शक आउने अपेक्षा गरिएको छ ।

अवलोकनका क्रममा आज नेकपा एमालेका नेताहरू पशुपति चौलागाईं, ठाकुर गैरे, पार्वत गुरुङ तथा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का, हिसानका अध्यक्ष रमेश सिलवाल, प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी, एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाही, अविभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारी लगायतको सहभागिता थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया