Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – विद्यालयको पठन–पाठन ठप्प पारेर अध्ययनरत बालबालिकालाई धर्म परिवर्तन गराउने मनसायले धार्मिक प्रचार गरेको अभियोगमा प्रहरीले दोलखाका २ निजी स्कुलका प्रधानाध्यापकसहित ७ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ ।

सदरमुकाम चरिकोटका २ निजी विद्यालयमा पढ्ने ९ सयभन्दा बढी बालबालिकालाई विद्यालयमा समयमा क्रिस्चियन धर्म प्रचार गरी पुस्तक, रुमाल लगायतका उपहार बाँडेर उनीहरूलाई धर्म परिवर्तन गर्न बाध्य पार्न खोजेको आरोपमा प्रहरीले प्रधानाध्यापकसहित एक धार्मिक संस्थाका ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने प्रधानाध्यापकमा माउण्ट भ्याली एकेडेमीका प्रकाश प्रधान र मोर्डन नेपाल स्कुलका बिमल शाही रहेका छन् । दुवैले विद्यालयको पठनपाठन बन्द गराएर विद्यालयका बालबालिकालाई क्रिस्चियन धर्म प्रचारका गतिविधि गरेको प्रहरीले जनाएको छ ।

माउण्ट भ्यालीले अभिभावक दिवस मनाउने र मोर्डन नेपालले संस्कृतिक कार्यक्रम गर्ने बहानामा पठनपाठन रोकेर २ दिनसम्म क्रिस्चियन धर्मसम्बन्धी चलचित्र, डकुमेन्ट्री, सांस्कृतिक कार्यक्रम देखाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुवै विद्यालयका बालबालिकालाई धर्मसम्बन्धी पुस्तक तथा उपहारसमेत बाँडेर पुस्तक बाबु आमालाई पढाउनु भनी वितरण गरेको प्रहरी दाबी छ । दुवै विद्यालयमा धर्म प्रचारका लागि पठनपाठन रोकेको भन्दै अभिभावकले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरीको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको नागरिक दैनिकमा खबर छ ।

प्रधानाध्यापकद्वयका साथमा उक्त विद्यालयहरूमा धर्म प्रचार गर्न आएको संस्था टिच नेपालका कर्मचारीहरू काठकाडौं महानगरपालिका १८ की बनिता डङ्गोल, मकवानपुर राईगाउँ ३ का बालकृष्ण राई, गोरखा मिरकोट ५ का फिलिप तामाङ, दोलखा मिर्गे ४ का किरण दाहाल, रामेछाप गुन्सी भदौरे ३ का भीमबहादुर तिवारीसमेत पक्राउ परेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया