Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौँ – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा आज भारततर्फ प्रस्थान गर्नुभएको छ । सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आज उँहा त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

दीक्षान्त समारोहमा सहभागी हुन जाने भनिए पनि थापाले त्यहाँ राजनीतिक भेटवार्ता समेत हुने बुझिएको छ । तीन दिने भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री थापाले दुई देशबीचको सम्बन्ध मजबुत बनाउनेलगायतका विषयमा राजनीतिक भेटवार्ता गर्ने बताइएको छ । स्रोतका अनुसार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ ।

भ्रमणका क्रममा उच्च राजनीतिक भेटवार्ताको समेत सम्भावना रहेको पनि बताइएको छ । भ्रमणमा परराष्ट्रका उच्च पदस्थ अधिकारीहरू सामेल छन् । उपप्रधानमन्त्री थापा आइतबार स्वदेश फर्किनेछन् ।

तपाईको प्रतिक्रिया