चितवन – विगत पाँच वर्षमा एक हजार ३ सय १४ जना महिला र बालबालिका चितवनमा हराउने गरेको एक तथ्यले जनाएको छ । हराउनेहरुमा महिला बढी रहेका छन् ।
जस्मा महिला ७ सय ५४ जना छन् भने ४ सय ४५ जना बालबालिका र पुरुष १ सय १५ जना रहेको देखीएको छ । हराउनेमा ४ सय १५ जना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका कक्षमा रहेको पञ्चवर्षे तालिकाका अनुसार आर्थिक वर्ष २०६८\०६९ देखि हालसम्म चितवनमा हराएपछि भेटिएकामध्ये महिला २ सय २३, बालबालिका १ सय ६१ र पुरुष ३१ जना छन् । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले बताएअनुसार बालबालिका र महिलालाई मानव ओसारपसार र घरेलु कामदारका रुपमा बढी प्रयोग गर्ने भएकाले उनीहरु धेरै हराएका हुन् ।
समाजमा व्याप्त रहेको छोराछोरीको विभेद र भेटिएको जानकारी नआउनुले मुख्य समस्या बनेको उहाँले बताउनुभयो । महिला र बालबालिकामा चेनताको वृद्धि हुन नसकेका कारण यसलाई न्यूनीकरण गर्न नसकिएको कुँवरले बताउनुभयो ।
तपाईको प्रतिक्रिया