काठमाडौं– इजिप्टको राष्ट्रिय ध्वजावाहक इजिप्ट एयरको यात्रुवाहक विमान पेरिसबाट कायरोतर्फ उड्ने क्रममा बिहिबार हराएको छ । बिमानमा ६९ जना यात्रु तथा १० जना चालक दलका रहेका एयरलाइन्सलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
मेडिटेरानियन समुद्रभन्दा माथि पुगेपछि सो बिमानको र्याडरसँग सम्पर्क टुटेको बताइएको छ ।
‘इजिप्ट एयरका एक अधिकारीका अनुसार एमएस८०४ बिमान स्थानीय समयअनुसार ११ः०९ बजे उडेको थियो । पबमान ३७ फिट उचाईमा पुगेको बेला सम्पर्कबाहिर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तपाईको प्रतिक्रिया