काठमाण्डौं– एमाले निकट पत्रकारको संस्था प्रेस चौतारी नेपाल आठौंँ राष्ट्रिय अधिवेशन आजदेखि काठमाडौमा सुरु हुदैछ । आज उद्घाटन र भोलिदेखि बन्दसत्र सुरु हुने छ । महाधिवेशनको नारा ‘समृद्ध नेपाल निर्माणका लागि सवल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार’ रहेको छ । अधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे काठमाण्डौंको प्रज्ञा भवनमा उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
नयाँ नेतृत्व र नयाँ विधानसहित अधिवेसन सकिनेछ । नयाँ संविधान अनुकुल विधान र नेतृत्वको कार्यसुची भएकाले नेतृत्वका आकांक्षी बढ्दा नेतृत्वमा रोचक भिडन्त हुदैछ । भावी अध्यक्षमा पुर्व महासचिव गणेश बस्नेत र वर्तमान महासचिव माधव नेपालबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । बस्नेत र नेपाल प्यानलसहित मैदानमा छन् । कु्ल ८ हजार साधारण सदस्य रहेको संस्थाको महाधिवेशनमा देशभरबाट करिब ७ सय प्रतिनिधि आउने चौतारीले जनाएको छ ।
तपाईको प्रतिक्रिया