Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं– बुद्ध जयन्तीको अवसरमा सरकारकाले आयोजना गरेको २५ सय ६० औं बुद्धजयन्ती तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलन आजदेखि काठमाडौमा सुरु हुँदैछ ।
लगातार तीन दिनसम्म चल्ने सम्मेलनको उदघाट्न अहिले बिहान साढे ८ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई लिएर यसअघि भईरहेको अनावश्यक भ्रम चिर्नका लागि यो सम्मेलन गर्न लागिएको हो ।
बुद्धदर्शनको सुरुवात लुम्बिनीबाट भएको र बुद्धको जन्म मात्र होइन कर्मथलो पनि लुम्बिनी नै हो भन्ने सन्देश विश्व समुदायलाई स्पष्ट रुपमा जानकारी गराउने उदेश्यले सम्मेलनको आयोजना गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । बौद्ध सम्मेलन आयोजना गर्नुको उदेश्य र महत्वबारे जानकारी गराउँदै संसारभर शान्ति फैलाउन लुम्बिनीले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अग्नी प्रसाद पोखरेलले जोड दिनुभयो ।
आजदेखि सुरु हुने गोष्ठीमा विभिन्न १९ वटा कार्यपत्र प्रस्तुत हुनेछ । लुम्बिनीसहित अन्य बौद्ध सर्किटको प्रबद्र्धन गरी मुलुकको पर्यटन क्षेत्रलाई अन्तराष्ट्रिय जगतमा थप उचाइमा पु¥याउने उदेश्यले आयोजित यस सम्मेलनमा विभिन्न मुलुकका भिक्षु र विश्वविद्यालयका प्राध्यापक एवं सम्बन्धित सरोकारवालाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी हुन विभिन्न २८ मुलुकका भिक्षु तथा सरकारी प्रतिनिधिहरु काठमाडौंमा भेला भएका छन् ।

तपाईको प्रतिक्रिया