Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र र राष्ट्रिय स्वाधीनता दुबै खतरामा रहेको बताउदै यसलाई जोगाउन सरकार र आन्दोलनकारीले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
गणतन्त्र, संघीयता लगायतका उपलब्धि गुम्ने र राष्ट्रिय स्वाधीनतामा आच आउने खतराप्रति सतर्क रहेर वार्तामा आउन आन्दोलनरत पक्षलाई अपिल गर्दै दाहालले आन्दोलनरत मधेसी, आदिवासी जनजाति लगायतका दलसंग सम्वाद गरी समस्या समाधान गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।
काठमाडौं आज हुने माओवादी दलहरुको एकता अधिवेशनमा प्रस्तुत गर्न तयार पारेको प्रस्तावमा दाहालले राजनीतिक रुपले तीनवटा प्रवृत्तिका बीचमा अन्तरविरोध र संघर्ष चलिरहेको विश्लेषण गरी सरकार र आन्दोलनकारीको ध्यानाकर्षण गरराउनुभएको हो ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धि उल्टाउन खोज्ने ‘प्रतिगामी राजनीतिक प्रबृत्ती’ लाई दाहालले पहिलो नम्बरमा राख्नुभएको छ । दाहालले कुनै दलको नाम उल्लेख नगरी यथास्थितिवादी शक्तिहरुलाई दोस्रो नम्बरमा राख्नुभएको छ । उहाँले आफूलाई परिवर्तनकारी शक्तिका रुपमा विश्लेषण गर्दै तेस्रो प्रबत्तीमा राख्नुभएको छ ।

तपाईको प्रतिक्रिया