Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संघीय गठबन्धनको कुनै औचित्य नभएको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आन्दोलनले संविधानको जग हल्लाउने तथा स्वाभिमान र स्वधिनतामा प्रश्न उठाएकाले त्यसमा सरकार नझुक्ने पनि स्पष्ट पार्नुभयो ।
संविधानमा कुनै विभेद नभएको दाबी गर्दै मन्त्री राईले अब पनि वार्तामा आएर समस्या समाधानमा नलागे सरकारले गठबन्धनको २६ बुँदे माग, संविधानमा त्यस सम्बन्धमा रहेको व्यवस्था र सरकारले त्यसका लागि गरेको कामको विवरण राखेर तथ्य सार्वजनिक गर्ने चेतावनी दिनुभयो ।
मन्त्री राईले सरकार संविधानको कार्यान्वयन, पुनर्निर्माण र स्थायित्व कायम गर्दै आर्थिक विकासको बाटोमा अघि बढीरहेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया