काठमाडौं – संघीय गठबन्धनले थप १० दिन आन्दोलन गर्ने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा केहिबेरअघि सकिएको गठबन्धनको बैठकले काठमाडौं केन्द्रित आन्दोलन थप १० दिन गर्ने निर्णय गरेको गठबन्धनका संयोजक समेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार थप तराई र पहाडमा पनि आन्दोलन थाल्ने बैठकले निर्णय गरेको छ । बैठकको निर्णय काठमाडौंको शान्तिवाटिकाबाट बुधबार सार्वजनिक गर्ने उहाँको भनाई छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका गठबन्धनका नेता कार्यकर्ताले आज बुधबार रत्नपार्कमा प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनपछिको सभामा गठबन्धनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । गठबन्धनले संविधान पुनर्लेखनको माग गर्दै आएको छ ।