Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

रत्ननगर – चितवनमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् ।
मङ्गलबार साँझ परेको चट्याङका लागेर चितवनको राप्ती नगरपालिका–१२ स्थित वीरेन्द्रनगरका २१ वर्षीय कमल पुन र मकवानपुर फापरबारी घर भई राप्ती–८ मा बस्दै आएका ३० वर्षीय मानबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चट्याङ लागेर घाइते भएका पुनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको भने तामाङको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोे प्रहरीले जनाएको छ । यस्तै राप्ती–८ स्थित गैँडाढापमा परेको चट्याङ लागेर स्थानीयवासी १९ वर्षीय प्रकाश परियार र २० वर्षीय सुरेश परियार घाइते भएका छन् । उनीहरुको अहिले भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया