म्याग्दी – एकहप्ता अघि रोजगारको लागि खाडीमुलुक कुवेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ । मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजामगरको मृत्यु भएको हो ।
पारिवारिक स्रोतका अनुसार शनिबार राति खाना खाएर सुतेका तिलीजाको सुतेकै अवस्थामा मृत्यु भएको हो ।
बिहान अबेर सम्मपनि नउठेपछि मृत्युभएको साथीहरुले थाहा पाएको र उनीसँगै कुवेत पुगेका नेपालीले परिवारलाई मृत्यु भएको खबर गरेका थिए ।
म्यानपावर कम्पनीमार्फत् कानुनी प्रक्रिया पूरा गरेर कुवेत पुगेका तिलीजा कम्पनीमा काम सुरु गर्ने तयारीमा थिए ।
गरिबी, कमजोर पारिवारिक अवस्था, अस्थिरता र बेरोजगारीका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन विदेश गएका तिलीजाको पुगेको १ हप्ता नपुग्दै मृत्यु भएपछि परिवार र आफन्तजन शोकमा डुबेका छन् ।
शवलाई जतिसक्दो छिटो नेपाल ल्याउन पहल गरिदिन परिवारले कुवेतस्थित दूतावास, सम्बन्धित म्यानपावर कम्पनी र सरकारसँग आग्रह गरेका छन् । विवाहित तिलीजाका दुई सन्तान रहेका छन् ।
तपाईको प्रतिक्रिया