Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर ०७, २०८१
Friday, November 22, 2024
काठमाडौँ– लोकतान्त्रिक आन्दोलनमा सम्लग्न युवा स्रष्टाहरुको संस्था ‘स्रष्टा चैत्र ३०’ को अध्यक्षमा कवि मनोज न्यौपाने चयन हुनुभएको छ ।
संस्थाको भएको विस्तारित बैठकले निवर्तमान महासचिव न्यौपानेलाई अध्यक्षमा सर्वसम्मतरुपमा चयन गरेको हो ।
विसं. २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनका क्रममा ०६३ चैत्र ३० गते पुरानो वानेश्वरमा भएको साहित्यिक प्रदर्शनमा तत्कालीन सरकारले गरेको दमनको स्मरण र परिवर्तनलाई संस्थागत गराउन खबरदारीलगायतका कार्य गर्न संस्थाको स्थापना भएको हो ।
यसैगरी, उपाध्यक्षमा प्रकाश सिलवाल, महासचिवमा केशव सिलवाल, सचिवमा श्रीबाबु कार्की ‘उदास’ चयन हुनुभएको छ भने कोषाध्यक्ष हाललाई रिक्त राखिएको छ ।
सददस्यहरुमा कुसुम ज्ञवाली, भोजराज न्यौपाने, टंक उप्रेती, धर्मेन्द्रविक्रम नेम्वाङ, नवराज लम्साल, रत्नमणि नेपाल, ठाकुर बेल्वासे, नारायण श्रेष्ठ, छत्र कार्की, चंकी श्रेष्ठ, पदम गौतम, घिमिरे युवाज, भोला सापकोटा रहेका छन् ।
बैठकले निर्वातमान अध्यक्ष आर.एम. डङ्गोललाई कार्यसमितिमा सक्रिय हुनेगरी विशिष्ट सदस्यका रुपमा मनोनयन पनि गरेको संस्थाले जनाएको छ ।
तपाईको प्रतिक्रिया