Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोक्यो – थकाली सेवा समिती र पोख्रेली दिदी बहिनी समूह जापानको संयुक्त आयोजनाममा डकुमेन्ट्रीको च्यारिटी शो सम्पन्न भएको छ । सञ्चारकर्मी फुलमान बलद्वारा निर्देशित ‘सेलफोन’ र गणेश पाण्डेको ‘भाग्यले बाँचेकाहरु’को च्यारिटी शो गरिएको थियो ।
‘सेलफोन’ डकुमेन्ट्री १५ मिनेटको छोटो फिल्म हो । यसले प्रविधिले विस्थापन गर्दैै लगेको परम्परागत संस्कृतिको सन्दर्भ उठाएको छ । ढ्याङग्रो बेचेर मोबाइल किन्ने एक युवकको कथा समेटिएको यो फिल्मले काठमाडौं अन्तराष्ट्रिय आदिबासी चलचित्र महोत्सव–२०१२ मा नेपाली पनारोमाको उत्कृष्ट अवार्ड जितेको थियो । यसबाहेक अमेरिका, क्यानडा, बंगलादेश, भारत, कोलम्बिया र चीनका अन्तराष्ट्रिय फेस्टिभलहरुमा सेलेक्शन र प्रदर्शनी भइसकेको छ ।
‘भाग्यले बाँचेकाहरु’ पनि ४५ मिनेटको डकुमेन्ट्री फिल्मले बैशाख १२ गतेको भुकम्पमा परि आश्चर्यजनक जीवन पाएकाहरुको कथा व्यथा र उद्धारको सन्दर्भ समेटेको छ । बितेको तीन महिनामा ३१ वटा भन्दा बढी अन्तराष्ट्रिय चलचित्र महोत्सवमा छानिएको यो डकुमेन्ट्रीले ५ वटा अन्तराष्ट्रिय अवार्ड जितिसकेको छ । हालै सम्पन्न काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिभलमा बेष्ट डकुमेन्ट्री अवार्ड र पब्लिक च्वाइस अवार्ड गरी एकसाथ दुईवटा अवार्ड जितेको थियो ।
कार्यक्रम टोक्यो, शिनओकुबो स्थित सोलमारी सभाहलमा सम्पन्न भएको थियो । डकुमेन्ट्री प्रदर्शनीमा एन आर एन जापानका संस्थापक अध्यक्ष तथा ‘गोबिन्द मैनाली बचाउ’ अभियानका अभियन्ता राजन प्रधानाङ्ग, पत्रकार महासंघ जापान तथा समुन्द्रपरी डट कमका तिलक मल्ल, जापान स्थित नेपालीका लागि एक मात्र नेपाली विद्यालय ‘एभरेष्ट इन्टरनेशनल स्कूल’का अध्यक्ष डा. भुपालमान श्रेष्ठ, थकाली सेवा समितिका संरक्षक सरद कुमार गौचन तथा अध्यक्ष बुध्दी गौचन, वरिष्ठ पत्रकार पुर्ण चौलाने लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम जापानबाट नेपालमा पहिलोपटक बैधानिक रुपमा पैसा पठाउने सिटी एक्स्प्रेसका महेश श्रेष्ठले प्रायोजक गर्नु भएको थियो ।
च्यारिटी शोको उद्देश्य भनेको काभ्रे बालुवापाटी गाविस वडा नं. ६ फोक्सिङ गाउँको पुन निर्माण र होमस्टे संचालनमा सघाउने रहेको छ । पर्यटकीय क्षेत्र नगरकोटसंग जोडिएको गाउका दुइ सय घर क्षतिग्रस्त भएका थिए ।

तपाईको प्रतिक्रिया