Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

दर्जनौ कलाकारहरु जापान आउँदै

टोकियो – गोल्डेन वीकको अवसरमा जापानमा थुप्रै साँगीतिक कार्यक्रमहरु हुने भएका छन् । ती कार्यक्रमका लागि नेपालबाट दर्जनौ कलाकारहरु आउने भएका छन् । जसअनुसार यहि २४ तारिख आइतवार नौमती घुम्टे बाजा समुहको आयोजनामा लाइभ साँगीतिक साँझ हुने भएको छ । तोसिमा कुमिन सेन्टर इकेबुकुरोमा हुने उक्त कार्यक्रमका लागि नेपालबाट कलाकारहरु कालिका रोका, मदन थापा र सबिना गुरुङ आउने भएका छन् भने युवराज आचार्य, सूर्य खड्का, बिनोद भण्डारी, पदम खत्री प्रदिप कार्की लगायतका स्थानीय कलाकारहरुले उनीहरुलाई सघाउने भएका छन् ।

यसैगरी नेपाल मगर संघ तोकाईले पनि गोल्डेन वीकको अवसरमा नेपालबाट आमन्त्रित निरा आले, रुपा घर्ति मगर र मबिन्द्र राईको प्रमुख आकर्षण रहेको एक साँगीतिक कार्यक्रम नागोयामा प्रस्तुत गर्ने भएको छ ।

सोही दिन मिडिया म्यासेज प्रालिको आयोजनामा हुन लागेको म्युजिक मेलाका लागि सहिमा श्रेष्ठ, निर्णय एनएसके, सुगम पोखरेल, सम्झना लामिछाने मगर, नविन पौडेल र कुमार श्रेष्ठ गरी ६ जना कलाकारहरु जापान आउने भएका छन् । कार्यक्रम इकेगामी खाइकान हुने बताईएको छ ।

यसैगरी सिध्दार्थ बैंकको आयोजनामा मे २ तारिखका दिन नेपालका चर्चित कलाकारहरुको साँगीतिक प्रस्तुती रहेको ’नेपाली साँझ २०७३’ हुने भएको छ । नाकानोस्थित जेरो हलमा हुने सो कार्यक्रममा निमा रुम्बा, मनोज गजुरेल, ऋचा शर्मा, पाँडे बुढा, जिग्री ब्रो र काजल गुरुङ जापान आउने भएका छन् । स्मरण रहोस् उक्त कार्यक्रमको प्रवेश निस्शुल्क रहेको आयोजक स्रोतले जनाएको छ ।

यसैगरी चितवन समाज जापानले पनि मे २ तारिखका दिन नागोयामा चितवन धमाका प्रस्तुत गर्ने भएको छ । सो कार्यक्रमका लागि आस्था रावत, पार्वती राई, रमेशराज भट्टराई र कल्पना श्रीपाल जापान आउने भएका छन् । सोही कार्यक्रम मेगुरो कुमिन सेन्टर टोकियोमा मे ५ तारिख हुने सो समाजले जनाएको छ ।

यसैगरी सूर्य कर्पोरेशन तथा गृष्मा इन्टरटेन्टमेन्टको संयुक्त प्रस्तुती साकुरा नाईट मे ३ मा फुकुओका र टोकियोमा मे ८ मा हुने भएको छ । उक्त साकुरा नाइटका लागि कलाकारहरु रामकृष्ण ढकाल, जितु नेपाल, मिलन अमात्य, नरेश भट्टराई र हिमाल सागर जापान आउने भएका छन् । मे ८ मा हुने साकुरा नाइट शिनओकुबोस्थित टोकियो रोधी क्लवमा हुने बताईएको छ ।

तपाईको प्रतिक्रिया