Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं- संयुक्त राज्य अमेरिकाले नेपालको सीमा क्षेत्रमा भैरहेको नाकाबन्दीप्रति चिन्ता व्यक्त गरेको छ ।

काठमाडौंस्थित अमेरिकी दुतावासले विज्ञप्ती निकालेर नाकाबन्दीप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो । ‘नेपालभारत सीमामा बढ्दो क्रममा रहेको अस्थिर अवस्थाप्रति संयुक्त राज्य अमेरिका गम्भीर रूपमा चिन्तित छ,’ विज्ञप्तीमा भनिएको छ ।

अमेरिकाले यसले वैशाखको बिनाशकारी भूकम्पका कारण प्रभावित क्षेत्रहरूमा लगायत इन्धन, औषधि र खाद्य पदार्थको गम्भीर अभाव सिर्जना भएको उल्लेख गरेको छ । ‘हिउँद सुरु हुन केही साता मात्र बाँकी रहेको यस अवस्थामा अन्तर्राष्ट्रिय समुदायले धेरै जोखिमयुक्त समुदायहरूमा महत्त्वपूर्ण राहत तथा आवास सामग्रीहरू पुर्‍याउन सकिरहेको छैन । जनजीवन जोखिममा रहेको छ र यस कारण मानवीय सङ्कट आउने हो कि भन्ने हामीलाई चिन्ता छ । यस सङ्कटलाई समाधान गर्नका लागि संलग्न सबैलाई आफ्ना प्रयत्‍नहरू पुन दोब्बर बनाउन संयुक्त राज्य अमेरिका आह्वान गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

सबै नेपालीका आकांक्षाहरूलाई संविधानले समेटोस् भनी सुनिश्‍चित गर्नका लागि अर्थपूर्ण राजनीतिक संवादको सकारात्मक वातावरण बनाउने कार्यमा सबैले योगदान गर्नुपर्ने अमेरिकाले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया