Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

विराटनगर– असी दिनदेखि ठप्प रहेको सार्वजनिक यातायातका बस बुधबारदेखि सञ्चालनमा आएका छन् ।

जारी मधेस आन्दोलनमा बन्द रहेको यातायात सेवा बिहानदेखि विराटनगर बसपार्कबाट इटहरी हुँदै पूर्वको काँकडभिट्टा, विर्तामोड र भद्रपुरतर्फ सञ्चालन भएका छन् । विराटनगरको नगर क्षेत्रमा भने विद्युतीय रिक्सा, टेम्पोलगायत छोटो सार्वजनिक यातायातका गाडी लामो समयदेखि निर्वाध रुपमा गुडिरहेका छन् । ठूला सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालन गर्न मङ्गलबार यातायात मजदुर र व्यवसायीले विराटनगरमा छलफल कार्यक्रमको आयोजना गरेका थिए ।

विभिन्न राजनीतिक दलका साथै बन्दकर्ता दलका प्रतिनिधिको उपस्थितिमा यातायात मजदुर र व्यवसायीले लामो समयको बन्दका कारण जनजीवन अस्तव्यस्त हुनुका साथै भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएकाले बस, माइक्रोबस र टेम्पोलगायत सवारी साधन चलाउने घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया