Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो-एनअारएन गुन्मा क्षेत्रको अायोजनामा गुन्मा केनको अोइजुमीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । एनअारएन गुन्मा, जापान र अाेईजुमीमाची याकुबाको सहकार्यमा कार्यक्रम अायोजना गरिएको थियो । एनअारएन गुन्माको तर्फबाट, उप-संयोजक सरोजकुमार प्रधानले नेतृत्व गर्नुभएको थियो भने अोईजुमीमाची याकुवाको तर्फबाट कोकुसाई कोउदोका हिरोए कातो, माकोतो हातोरी, केन्ता किजुकी लगायतले नेतृत्व गर्नुभएको थियो ।

जापानी र नेपाली नागरिकबीचको अापसी सद्भाव र भाईचारा वृद्धी गर्न, फोहर व्यवस्थापन सम्बन्धी जनचेता जगाउन कार्यक्रमको अायोजना गरिएको बताईएको छ ।
कार्यक्रममा स्थानीय संस्था नेपाली साझा समाज, जापानका अध्यक्ष वुद्धी शेरचन, सल्लाहकार तारा गाैडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित नेपाली दाजुभाइ दिदीवहिनीहरू, फोहर व्यवस्थापनमा सहयोग गर्नुहुने ज्ञानेन्द्र पाैडेल लगायतलाई एनअारएन गुन्मा केनको तर्फबाट धन्यवाद भनिएको छ । संस्थाले भविष्यमा पनि यस किसिमको कार्यक्रमलाई निरन्तरता दिने बताउँदै सहभागिताको लागि अनुरोध गरेको छ । ***IMG_2327

IMG_2335

IMG_2336

IMG_2340

IMG_2345

IMG_2346

IMG_2347

IMG_2350

IMG_2353

IMG_2354

IMG_2355

IMG_2358

IMG_2360

IMG_2365

IMG_2366

तपाईको प्रतिक्रिया