शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – मधेशी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ कांग्रेस–एमालेले २०४७ कै संविधान ल्याउने चलखेल गरिरहेको आरोप लगाएका छन् । उनले मधेशलाई पूर्वाग्रही तरिकाबाट पाँच टुक्रामा गरिएको कार्य गलत भएको टिप्पणी गरेका छन् ।

फोरम नेपाल जिल्ला कार्य समिति बाराद्वारा कलैयामा बृहत पार्टी प्रवेश कार्यक्रम पूर्व सभासद्हरुदेखि विभिन्न पार्टीका केन्द्रीय सदस्यहरुसमेत फोरम नेपालमा प्रवेश गरेका छन् । समारोहमा राष्ट्रिय मधेश समाजवादी पार्टी, सदभावना पार्टी, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, काँग्रेस, एमाले, एमाओवादी लगायतको पार्टीबाट पार्टी परित्याग गरि फोरम नेपालमा ७८५ जना प्रवेश गरेका छन् ।

पूर्वउपप्रधान एवं परराष्ट्र मन्त्रीसमेत रहेका उपेन्द्र यादव, उपाध्यक्ष एवं सभासद लालबाबु राउत गद्दी, महासचिव रामसाहाय यादवले संयुक्त रुपमा टीका माला लगाई पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा २०७० को संविधानसभामा उम्मेदवार भएका १ दर्जन नेता लगायत पूर्व सभासद समेत फोरम नेपालमा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि यादवले नवप्रवेशीहरुलाई बधाई दिदैं पार्टी प्रवेश ऐतिहासिक रुपमा रहेको बताएका थिए । काँग्रेस, एमाले, राप्रपाले फेरी देशमा २०४७ सालको संबिधान ल्याउने चलखेलमा लागेको आरोप लगाउदै मधेशलाई पूर्वाग्रही तरिकाबाट ५ टुक्रा गरिएको प्रति सरकारको कायरता र मधेशीलाई टुक्राउने प्रयास गलत भएको बताए । फोरम नेपाल समावेशी लोकतन्त्र, समावेशी, स्वायत्त मधेश प्रदेशको डानमा अडिग रहेको बताउँदै वर्तमान सरकारले मधेशी र आदिवासी, जनजाति, मुस्लिम, पिछडावर्गलाई अधिकारविहीन बनाएर देशमा पुरानै संबिधान लाड्ने प्रयास भइरहेको बताएका थिए । अब आगामी दिनहरुमा मधेशीलगायत देशका शोषित पीडित जनताहरु एक भएर लागे मुक्ति सम्भव रहेको बताए ।

पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि फोरम नेपालमा रामसपाका महासचिव एवं पूर्व सभासद प्रमोद गुप्ता, फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य राम किशोर यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्य प्रकाश चौलागाई, अनवर अंसारी, समसुल होदा, पवन व्याहुत, हिरालाल चौधरी, लक्ष्मी नारायण साह, धर्मेन्द्र साह, विनोद पासवान, अजय यादव, उमेश यादव, सिकेन्द्र दास, पवन दास, पन्नालाल कुशवाहा, कमलेश पटेल, सुजित पाण्डे, एमाओवादीका गजेन्द्र चौधरी, कनक पटेल, नेपाली कांग्रेसका जयमंगल जयसवाल, प्रमानन्द यादव, नवर पटेल लगायत अशोक यादव, मुर्तुजा अंसारी, धर्मेन्द्र यादव, योगेन्द्र मण्डल लगायतका नेता कार्यकताहरु फोरम नेपालमा प्रवेश गरेका थिए । समारोहमा पार्टी उपाध्यक्ष एवं सभासद लालबाबु राउत गद्दी, महासचिव रामसहाय यादव, केन्द्रीय सदस्य करिमा वेगम, बबन सिंह, रामबाबु प्रसाद यादव, चुमन बाबु केवट, जयनारायण यादव, बच्चा यादव, बिन्देश्वर यादव, अशोक यादव, फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव लगायतले शुभकामना व्यक्त गरेका थिए । ***

तपाईको प्रतिक्रिया