Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २८, २०८१
Wednesday, November 13, 2024
धनगढी- नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आफुसलाई पार्टी सभापति सुशील कोइरालाले धोका दिएको आरोप लगाउनुभएको छ ।
धनगढीमा बुधबार कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता देउवाले भन्नुभयो ‘पार्टी सभापति सुसील कोईरालाले, आफैले पठाएका तीन जना दुतहरुको समेत सल्लाह नमानेर कुरा फेरे ।’
‘पार्टी सभापती कोईरालाले आफै मध्यस्थताका लागि पठाएका डा रामसरण महत, कृष्ण सिटौला र नरहरी आचार्यको पनि सल्लाह मानेनन’ कार्यकर्ताहरुलाई सम्बोधन गर्दै देउवाले भन्नुभयो  । उपाध्यक्ष र महामन्त्री मनोनयनका बेला पार्टी सभापति कोईरालाले आफुलाई संसदीय दलको नेता बनाउने घोषणा गरेको तर त्यो कार्यान्वयन नगरको भन्दै  नेता देउवाले भन्नुभयो ‘मलाई संसदीय दलको नेता बनाउछु भने, उपाध्यक्षमा रामचन्द्र जी र महामन्त्रीमा कृष्ण सिटौला मनोनयन गर्ने भन्ने कुरा गरे तर अन्तमा त्यो पनि फेरे ।’
सुदूरपश्चिम विश्वविद्यालय र मेडिकल कलेजको प्रगती अगाडी नबढेकोमा आफुलाई पनि दुख लागेको बताउदै नेता देउवाले आफुले यसका लागि सक्दो सहयोगका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया