Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले आजको बैठकमा विद्युत कटौती गरिएका २८ वटा उद्योगमा पुनः लाइन जोड्ने निर्णय गरेको छ। यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ती उद्योगमा विद्युत आपूर्ति पुनः सुरु गर्ने निर्णय गरेको थियो।

सोही निर्णयको औपचारिक पत्र प्राधिकरणमा हिजो साँझ पुगेको थियो। ऊर्जा मन्त्रालयले पनि हिजो साँझ पत्रकार सम्मेलन गर्दै, विद्युत काटिएका उद्योगहरूको लाइन जोड्ने र टाइम अफ डे (टीओडी) मिटरको आधारमा बक्यौता असुल गर्ने निर्णय सार्वजनिक गरेको थियो।

ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको उपस्थितिमा आजको सञ्चालक समितिको बैठकले विद्युत आपूर्ति पुनः सुरु गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएको हो। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार अब ती उद्योगहरूमा विद्युत आपूर्ति पुनः सुरु हुनेछ।

तपाईको प्रतिक्रिया