काठमाडौं – अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले रिहा गर्ने निर्णय गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीकाअनुसार आशिकालाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको हो ।
उनलाई स्वयम्भूबाट पक्राउ गरेर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरेको थियो । माघ २ मा पक्राउ परेकी आशिकालाई धरौटी बुझाएपछि फेरि पक्राउ गर्ने प्रहरीको तयारी छ । उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएको छ । काठमाडौँका प्रजिअ भन्छन्, ‘भक्तपुरमा पनि मुद्दा रहेछ, धरौटी बुझाएपछि उता पठाउँछौँ ।’
पशुपति क्षेत्र विकास कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग विवाद गरेकी थिइन् । प्रहरीसँग उनले विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप छ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.