Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भइरहेको छ। जसले गर्दा केही स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका धेरै स्थानमा हुस्सु लाग्न सक्ने अनुमान गरिएको छ।

काठमाडौँ उपत्यकामा अहिले बादल लागेको भए पनि मध्यान्हपछि यो स्थिति सामान्य हुँदै जानेछ। मंगलबारको तुलनामा आज मौसम केही सफा रहने अपेक्षा गरिएको छ। हाल उपत्यकाको तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ, भने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियस बीच रहने प्रक्षेपण छ।

विभागले बिहीबार बिहान तराई र उपत्यकामा हुस्सु लाग्न सक्ने भएकाले स्वास्थ्य, यातायात र नागरिक उड्डयन क्षेत्रमा केही असर पर्न सक्ने जनाएको छ। यसलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया